Saturday, February 6, 2010

तिमी हास्ने मान्छे

—मणिराज गौतम

तिमी हास्ने मान्छे,
सधै हासिरहनु पर्छ
नयनरुपी तिम्रा आखा,
सधै खुल्ला रहनुपर्छ
तिम्रा सुन्दर अनुहारहरु,
सधै चम्किरहनुपर्छ
तिमिले सोच्ने मनहरु मायारुपी बन्नु पर्छ ।



आज तिमी हासेकी छौ,
यो हासो खुसीको झै लाग्छ
आज तिमी भिजेकी छौ,
यो भिजाई झरीको झै लाग्छ
जिवन चिन्ने एउटै सजोग
तिमिलाई पर्खीरहेछ
समयनै ईश्वर र हो
समयले हिडाईरहेछ ।

एउटा सम्बन्ध जोडदै छु
नया ईतिहासको
फरक किर्तीमान खोज्दै छु
अनायासै जिन्दगीको
हरेक मोडहरु ईतिहास बनिरहेछन
केबल म ईतिहास पल्टाउने कोशिसमा छु
मेरा कदमहरु गलत पनि हुन सक्छन
बिन्ती म नयाजिवन खोज्ने प्रयासमा छु ।

No comments:

Post a Comment