Saturday, February 6, 2010

तिमी हास्ने मान्छे

—मणिराज गौतम

तिमी हास्ने मान्छे,
सधै हासिरहनु पर्छ
नयनरुपी तिम्रा आखा,
सधै खुल्ला रहनुपर्छ
तिम्रा सुन्दर अनुहारहरु,
सधै चम्किरहनुपर्छ
तिमिले सोच्ने मनहरु मायारुपी बन्नु पर्छ ।



आज तिमी हासेकी छौ,
यो हासो खुसीको झै लाग्छ
आज तिमी भिजेकी छौ,
यो भिजाई झरीको झै लाग्छ
जिवन चिन्ने एउटै सजोग
तिमिलाई पर्खीरहेछ
समयनै ईश्वर र हो
समयले हिडाईरहेछ ।

एउटा सम्बन्ध जोडदै छु
नया ईतिहासको
फरक किर्तीमान खोज्दै छु
अनायासै जिन्दगीको
हरेक मोडहरु ईतिहास बनिरहेछन
केबल म ईतिहास पल्टाउने कोशिसमा छु
मेरा कदमहरु गलत पनि हुन सक्छन
बिन्ती म नयाजिवन खोज्ने प्रयासमा छु ।

सयोग हाम्रो भेट

—मणिराज गौतम

शनिबारीय सौगातमा,तिमी सगं भेट भयो
अन्जानै अनायासै ,जिन्दगीको मेल भयो ।


सुरुवातका दिनहरुमा,झुटा खेती चल्न थाले
दोहोरी झै तिखा बाणले,मुटु भित्र घोच्न थाले ।



थाहै नपाई सिस्नुले,जिन्दगीलाई पोल्दो रैछ
मित्रताको बेगभित्र ,मुटु सधै जल्दो रैछ ।

हुरी बतास र पानी

—मणिराज गौतम
आउ हुरी बतास दौडेर आउ
तिम्रा बेगहरु
मेरा लागी काफी छन
हुरी संगै आउने तिम्रा मनहरु
कोमल छैनन
त्यसैले आउ,पानी
हुरी सगै दर्केर आउ
तिम्रा बेगहरुका अगाडी
टुलुटुलु हेर्न बहायेक
म सगं ओत लाग्ने कुनै ठाउ छैन ।

म त ढुगा र माटोको गार्हो न हु
तिम्रा बेगले फुट्न सक्छु
मेरा छानाहरु मक्किन सक्छन
गोर्हो भत्किनसक्छ
छानो चुहिन सक्छ
त्यसैले हुरी बतास दौडेर आउ
तिम्रा बेगहरुका अगाडी
टुलुटुलु हेर्न बहायेक
म सगं ओत लाग्ने कुनै ठाउ छैन ।।

म छटपटाईरहेछु
दुखमा साथ पाउने कोहि भेटिएन
आज हुरी बतासको चपेटामा परेको छु
भोली धुवा र धुलोमा गाजिनुपर्छ
थाहै नपाई चर्कनुपर्छ
त्यसैले त हुरी बतास
जिन्दगीको मुल्यमान छैन
तिम्रा बेगहरुका अगाडी
टुलुटुलु हेर्न बहायेक
म सगं ओत लाग्ने कुनै ठाउ छैन ।।

Friday, January 29, 2010

जिन्दगी र तराजु

—मणिराज गौतम


मेरा शब्द बाणहरुले
अनायसै दुख दिए होला
बिन्ति,मेरा शब्दहरु
मार्ने कोसिस नगर्नु
म बचन बदता मान्छे
मेरा बचनमा
तराजु भए भने
केबल,शब्दलाई,जोख्ने
कोशिस कहिलै नगर्नु ।।
म मान्छे,हु
त्यसैले त गल्ति हुनसक्छ
गल्ति बिनाको मान्छे कहा पाईन्छ र
दुख बिनाको सुख कहा भेटिन्छ र
मित्र बिनाको मित्रता कहा बन्नि छ र
त्यसैले, मेरा शब्द बाणहरुले
दुख दिए भने सयोग ठान्नु
बेला बखत मेरा शब्दहरुले
घचघचाएछन भने
बिन्ति शब्दलाई जोख्ने कोशिस नगर्नु ।।
भन्छन आतिने मान्छे मातिन्छरे
यो पनि सयोगनै हो
हिजो आएको जिवन
हुलका हुल होईन
एक्लो जिन्दगीनै हो
यो काल चक्र
न त मेरो, न त उसको
केबल हामी सबैको हो
यसलाई ब्यबारिसे नभन्नु
सयोग मेरा शब्दहरुले
कहिलेकाही घचघचाए भने
बिन्ति शब्दलाई जोख्ने कोशिस नगर्नु ।।
मेरा शब्द तराजुमा अट्ने छैनन
यसको भण्डार ठुलो छ
यसलाई लत्याउने हो भने
यसको रिस पनि कडा छ
जसले यसको मर्म बुच्छ
उसलाई यसको भण्डार थाहा छ
यो हिड्न सक्दैन होईन
यो बोल्न सक्दैन होईन
तर पनि यसलाई र्निर्जिब नठान्नु
बिन्ति कहिलेकाही शब्द आत्तियो भनेर
जोख्ने कोषिस कहिलै नगर्नु ।।
रिस रागको ससारमा
सजिब चिन्न गार्हो हुन्छ
चोखो मन भए देखी
मान्छे चिन्न सहज लाग्छ
हो यही हो ससंर
जहा घना बस्ती छ
तछाडमछाड गर्दा गर्दै
एकदिन जानु त्यही छ
त्यसैले कहिलेकाही
म झोकिए भने
मलाई साथ नदिन
बिन्ति जिन्दगीमा
मैले दुख दिए भने
मलाई खोज्ने कोसिस नगर्नु ।।

म बोल्न छाडिदिउला

—मणिराज गौतम
मेरो बोलीमा तिमी मन दुखाउछौ भने
म बोल्न छाडिदिउला
मेरो खुसीमा तिमी ,रुन चाहान्छौ भने
म खुसी रोज्न छाडिदिउला
मेरो बोली तिमीलाई गोली लाग्छ भने
म चुप लागेर बसिदिउला ।
लाग्थ्यो मेरो बोली, तिम्रा लागी
सहार बन्थे होला
लाग्थ्यो मेरो बोलीले तिम्रा अनुहारमा
हासो थपथियो होला
तर होईन रैछ,
त्यसैले बिन्ति,
मेरो बोलीको खेर नफाली देउ
तिमीलाई बोलीको सराप लाग्न सक्छ
मैले बोल्न छाडेर
तिम्रो भबिष्य बन्छ भने
म चुप लागेर बसिदिउला ।
तिमी रिसाएको बखत
मलाई छटपटी हुन्छ
तिमी रोएको बखत,
मलाई अपती हुन्छ
तिमी हासेको बखत
मलाई खुसी छाएको अनुभुति हुन्छ
।त्यसैले बिन्ती
अब रिसाउन छाडिदेउ
तिमी चाहान्छौ भने
म बोल्न छाडिदिउला
मेरो बोली तिमीलाई गोली लाग्छ भने
म चुप लागेर बसिदिउला ।।
डरै डरले भरिएको
मन लिएर बाच्नु किन
बुझेर त भनीदेउ,
छटपटाउनुको कारण किन
हो, साचो मनले बुझाउनुनै
मेरो कोसिस ब्यर्थ रैछ
अर्थहिन जिन्दगीलाई
डोर्याउनुनै कमजोरी रैछ
तिमी चाहान्छौ भने
म बोल्न छाडिदिउला
मेरो बोली तिमीलाई
गोली लाग्छ भने
म चुप लागेर बसिदिउला ।।

Thursday, January 28, 2010

हेटौंडादेखि मुक्तिनाथसम्मको मोटरसाईकल यात्रा

—मणिराज गौतमयात्रा
यात्रा आफैंमा रमाइलो हुन्छ त्यसमा पनि लामो दुरीको यात्रा त अझै रोचक अनि रमाइलो बन्ने कुरा त भैहाल्यो । मैले धेरै किसिमका यात्रा गरेको छु, चाहे पैदलयात्राको होस् चाहे ट्रेन यात्रा । यी यात्राहरुभन्दा पनि पृथकयात्रा अनुभव यसपाली संगालेको छु । कुरा हो,गएको विजयादशमी र दिपावलीबीचको समयमा मुक्तिनाथ मोटरसाइकल यात्राको । सुन्दा अचम्म लाग्छ, मोटरसाइकल लिएर मुक्तिनाथ यात्रा धेरैले अड्कल काटे कोहीले त पत्याएनन् । खास किमिसको रहेछ भने, मुक्तिनाथको मन्दिरमा यसरी मोटरसाइकल लिएर यात्रा गर्ने यात्री हाम्रो समूह धेरै अगाडि रहेछ । यो यात्रामा मैले नौलो कुरा संगाल्ने अवसर पनि पाए“ । हुन त दुई महिना अगाडिको यात्रा किन गुपचुप भयो भनेर अनुमान गर्ने पनि होलान् तर, मैले समय र परिस्थितिसंगै लेखाइमा कञ्जुस्याई गर्नु मेरै कमजोरी मान्छु । आज यात्रा त्यो जोखिमपूर्ण मुक्तिनाथ मोटरसाइकलको यात्रालाई जोड्न चाहन्छु । हाम्रो यात्रा हेटौंडाबजारबाट लक्काजवानको समूह हेटौंडाबजारलाई बिहान ५ बजे नै बिदाइ गरी यात्रा तय गरेकोमा कठिन ७ घन्टाको बाटो यात्रापछि पर्यटकीय नगरी पोखरी हाम्रो गन्तव्य हुनपुग्यो । पहिलोपटक यसरी लामो मोटरसाइकल यात्रा गरेकोले तयतिधेरै स्पीड हाम्रो थिएन । बाटोमा थकाइ मार्दै अनि चिया पिउदै जा“दाको मज्जा कम गहकिलो थिएन । त्यसमा पनि एउटा होटलमा मिश्री हालेको तरकारी खा“दा हामी त झुक्कियौ तर पसले साउनी पनि झुक्किनुभएछ । कारण चिनीको सट्टा मिश्री मिसाएको पानी रसका रुपमा तरकारीमा मिसिन पुगेछ यो यात्रामा रमाइलो प्रसंग भयो । १२ बजे पोखरा पुगी कठिब १ घन्टा खाना खाएर फेरि हाम्रो यात्रा लुम्लेहु“दै वाग्लुङ पुग्दा बाटोमा देखिएको हराभरा फा“टहरु, जंगलका स्वच्छ हावाहरुले मन नलोभाएको होइन, के गर्नु यात्रा न हो गन्तव्यमा पुग्नु नै थियो । बाटो अलि घुमाउरो भएकोले सहकर्मी अशोकजीले मलाई बेलाबेला निर्देशन दिइरहनुहुन्थ्यो । ताकी म मोटरसाइकल ड्राइभ गरिरहेको थिए“ । जज र मम चाहीं अलि स्पीड गर्थे, महेश र कैलाश चाहीं मिडियम गतिमा हिंडेका थिए । जे होस् छोटो स्पीड भएपनि अन्तत हाम्रो भेट एकै ठाउ“मा हुन्थ्यो नै ।
लुम्लेको चिसो हावा मनभरी संगालेर बाग्लुङ अनि त्यसकै जोखिमपूर्ण बाटो काट्दै लगभग सा“झ ६ बजे बेनीबजारमा कठिनकासाथ पुग्दा मनमा आनन्द आएको थियो । अनि पछाडि फर्केर ति कन्दरा संझदा जिउ सिरिड्ड हुने गथ्र्यो । जेहोस् एकैदिनमा मकवानपुरको मोटरसाइकल यात्रा बेनी पुगेर थकाइ मार्नेक्रममा स्थानीय शेरचन दाइकहा“ बास बस्न गयौं । नुहाइधुवाई गरेर खाना खाइ साथीहरुसंग गफ गर्दै तास खेलेर रमाइलो गरियो, बेलाबेलामा झेली गर्ने मेरो बानी त्यहा“ पनि रहेकोले साथीहरु रिसाउ“थे । यस्तै यस्तै रमाउदै निदाइएछ पत्ता भएन । भोलीपल्ट बिहान उठ्दा कालीगण्डकीको सुमधुर स्वर सुन्दा यो यात्राको महसुस भएको भान भयो । त्यसपछि मैले जर्ज र ममलाई उठाउन अर्काे कोठामा गए“, महेश र कैलाशलाई उठाएपछि हामी फ्रेस भएर बाहिर निस्क्यौं । हामी अलमलमा परेको थियौं ।मोटरसाइकल लिएर मुक्तिनाथ जानेको मोटरबाटोमा त्यसैले कसैलाई सोध्ने क्रममा एकजना सैनिक जवानले मोटरसाइकल लिएर जा“दा सजिलो हुने बताए भने कोही कोहीले दुर्घटनाका उदाहरण सुनाउ“दै मोटरबाटोमा जान सल्लाह दिन्थे । किनकी हामी जानुपुर्व एक नवदम्पती जोडी कालीगण्डकीको शिकार भैसकेका थिए । यी धेरै कुराहरु सुनेर हामीले एकआपसमा सल्लाह ग¥यौं । अशोकजी मोटरसाइकलमै जानुपर्छ भन्नुहुन्थ्यो भने मम र जर्ज मोटरबाटो जानुपर्छ भन्नुहुन्थ्यो । एकछिन हामी बीचमै डिस्कस प¥यो । अन्ततः सबैजना मोटरसाइकलमा जाने निधो भयो । मेरो मनमा डर थियो ताकी अप्ठ्यारो बाटो जानुछ, कसरी जाने होला, सोच्दै हामी बेनीबाट बिहान ७ बजे जोमसोमतिर बाटो लाग्यौं । मनमा डरत्रास लिंदै उकालो ओरालो अनि भीरपाखाको कठिन, कहाली लाग्दा बाटोहरु पहिल्याउ“दै घा“से भन्ने ठाउ“मा करिब १२ बजे पुग्न सफल भयौं । हामीले सोचेको भन्दा विल्कुल सजिलो बाटो रहेछ, किनभने धेरैको तर्क मानेर मोटरमा आउन लागेको भए सायद हामी त्यतिबेला बेनीकै वरिपरि हुन्थ्योहोला । सागुरो बाटो एकतर्फी मोटर गुड्ने भएकोले बीचमा कुनै सवारीसाधन विग्रेमा अलपत्र हुनुपर्ने अवस्था देख्दा अच्चम लाग्थ्यो । घा“सेसम्म आइपुग्दा न त टेलिफोनको सुबिधा पायौं न त आफन्तसंगको स्नेह । जे भएपनि विरानो ठाउ“ त्यसमा पनि मुस्ताङमा त अर्काकै शासन हुन्छ । मुस्ताङे राजा छन् रे १ नेपाल सरकारको त त्यहा“ केही लाग्दैन भन्ने आवाजहरुले बेलाबेलामा घच्घच्याइरहन्थ्यो । घासेमा खान खाइ पुनः ३० किमी हिडेपछि अपरान्ह ५ बजे मार्फा गाउ“को हरियो स्याउ चाख्दै जोमसोमको चिसो हावा खान आइपुगेको महसुस भयो । जोमसोमबाट करिब २२ किमीको उकालो यात्रा मुक्तिनाथ रहेकाले हामीले त्यसदिन जोमसोममै बासबस्ने निधो गयौं । त्यतिबेला निलगिरी हिमाल बोलिरहेकी थिइन् । उनको सुन्दरता हेर्ने अवसर हामीलाई दिएको थियो । निलगिरी हासिरहेकी थिइन् । स्वच्छ सुन्दर जोमसोम बजार, नजिकै बगिरहेको कालीगण्डकी उनको सत्य निरन्तर थियो । स्थानीय होटलमा वासबसी राति हामी पुनः थकान मेटाउन तास खेल्न थाल्यौं । केही समय तास स्थागित भयो । म अर्का रुममा भएकोले म सुत्न गए“, र अशोकजी पनि मसंगै आउनुभयो ।
लामो अनि अप्ठ्यारो बाटो रहेकोले सुत्नेबेला एकपटक बाटो सम्झे एउटा झोलुङे पुलबाट मोटरसाइकल पारगर्दाको समयमा सम्झदा कस्तो कस्तो लाग्यो । जेहोस् यस्तै सोच्दै म निदाएछु । भोली पल्ट बिहान चाडो उठ्ने म नै पहिलो रहेछ । सबै साथीलाई उठाई फ्रेस भएर बिहान ७ बजे हामी मुक्तिनाथतिर लाग्यौं । बरिक २२ किमीको उकालो यात्रा, कठिनभन्दा कठिन थियो । जहा“ मोटरसाइकल अलिकति मोडिन्थ्यो त ज्यान टुक्रा भेटिदैनथ्यो । उकालो चढ्दै जा“दा २ घन्टाको यात्रा पछि हामीमाझ मुक्तिनाथको ढोका अगाडि आइपुग्यौं । हर्षले खुशी भई पूजाका समानहरु किन्न थाल्यौं र मोटरसाइकल त्यही गेटमा राखी पुजासामग्री लिएर मन्दिरमा गयौं । १०८ धारा नुहाउनु र कुण्डमा नुहाउन मुक्तिनाथ मन्दिरको विशेषता हो । सबैभन्दा पहिले मैले नै १०८ धारा नुहाउन सुरु गरें । पानी चिसो भएकालेले साहै्र गाह्रो थियो । नुहाउने क्रममा ४÷५ यस्तै क्रममा पुजा सकेर कुण्डको पानी पनि त्यस्तै चिसो । यस्तै क्रममा पुजा सकेर हामी पुनःजोमसोम झ¥यौं । आउ“दा ओरालो भएकाले छिटो भएको महसुस भयो । १२ बजेको समय भएकोले हावा चलिरहेको थियो । कतै कतै हावाले उडाउने जस्तो पनि थियो । जेहोस् छिटै समयमा जोमसोम आइपुग्यौं अनि त्यहा“ खान खाइ पुग्ने बनी फर्कने तर्खरमा लाग्यौं । आउ“दा भन्दा फर्कदा धेरै कठिन भयो । सिमसिम पानी परेकोले बाटो चिप्लो भएछ, धेरै गाह्रो भो एवम्रितले सा“झको ७ बजे बेनी आइपुग्न सफल भयौं । पुनः शेरचना दाइ कहा“ बास बस्यौं । राति शेरचन दाइसंग यात्राको बारेमा सुनायौं र खाना खाइ हामी सुत्यौं । भोली पल्ट हाम्रो यात्राको चौथो दिन थियो । बिहान ८ बजे तिर उठ्यौं र पे्रmस भइ चिया पिएर पुनः हामी घर फर्कनेक्रममथियौ,मपत्रकारभएकाले मेरो मोटरसाइकलमा प्रेस लेखिएको बेनीका संचारकर्मीहरुले देखेछन् । मलाई सोध्न आइपुगे । त्यतिबेला परिचय गरेका पत्रकार साथीहरु जो हुन् उनीहरुको नाम यकिन अहिले नभएपनि मिरा मिजासिला उनीहरुको कुराकानीसंगै हामी त्यहा“बाट पोखरामा घुम्न लाग्यौं ।विन्दवासिनी बाराही अनि विभिन्न पोखराका सौन्दर्यतामा हाम्रो घुमाइले सा“झ प¥यो र त्यसदिन पोखरामा नै बास बसियो । भोलिपल्ट झिसमिसे सा“झमै हामी पोखरा छाड्ने तर्खरमा थियौं । झमझम पानी परेकाले हामी पानीमा रुझ्दै हामी मुगलिन आयौं । त्यसपछि मनकामना मन्दिर नजिक रहेकोले केवरकारबाट मनकामनाको दर्शन गरी पुनः १ बजे त्यहा“बाट हेटौंडा फर्कने कार्यक्रम तय ग¥यो । यसरी लामो यात्रा पा“चौं दिन घरमा आइपुग्दा अनि बाटोहरु सम्झदा कहाली लागेर आउ“थ्यो । बेलुका आफ्नै ओच्छ्यानमा परेर सम्झ“दा सम्झ“दै निदाइएछ यात्रा आफैंमा रमाइलो बन्यो ।


Wednesday, January 27, 2010

प्यारी सरिता

—मणिराज गौतम,हेटौडा

खलखल पसिनाका दानाहरुमा
सलसल बगीरहने सरिता
ज्युदा मानबताको शरीरमा
मुल फुटाउदै बग्ने
मेरै प्राण प्यारी सरीता
छगछग अवाज निकाल्दै बग्ने
मानब्ताका शरीरमा
उपियु सरी बग्ने
नागबेली सुरमा बगीरहने
मेरै प्राण प्यारी सरीता ।
झाडी अनि
मुहानको परेलीमा
खोलाको मुहान
अनि परेलीहरुमा
सुरीलो रुवर दिईरहने
अरुले घोचोस या मारोस
कुनै मतलब नगरीदिने ।

कस्तो निष्ठुरी,भईछौ तिमी
भन के भयो सरीता
ज्युदा मानबताको शरीरमा
मुल फुटाउदै बग्ने
मेरै प्राण प्यारी सरीता ।।
आज बल्ल थाहा पाए
तिम्रो अस्ल्लिता लाई
आज बल्ल पो थाहा पाए
तिम्रो रुपको सुन्दरता लाई
त्यसैले,सरीता
अब गर्दीन प्रश्न तिमीलाई
जे होस,तिमी धन्य रहेछौ
तिम्रो रुपको अब गर्दीन कुरा
भयो अब मलाई चाहिदैन
बर्णन पुरा
सक्दिन अब
तिमी बिना बाचन अबता
त्यसैले ज्युदा मानबताको शरीरमा
मुल फुटाउदै बग्ने मेरै प्राण प्यारी सरीता ।।